logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आगलागीबाट एउटा घर जल्यो, दुईवटामा आंशिक क्षति


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

राजघाट, ०४ असार – सर्लाहीको बागमती नगरपालिका–५, राजघाट नयाँबस्तीमा आगलागीबाट एउटा घर पूर्णरुपमा जलेको छ ।

अन्य दुईवटा घरमा भने आंशिक क्षति पुगेको छ । गएसाँझ भएको आगलागीबाट स्थानीय बलराम विश्वकर्माको फुस र काठले बनेको एक तले कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी चौकी राजघाटले जनाएको हो ।

आगलागीबाट घरसहित फर्निचरका समान, कपडा, कागजात, अन्नपात सबै जलेर नष्ट हुँदा एक लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको पीडितले बताएका छन् ।

आगलागीमा परेर बलरामकी आमा मनमाया विश्वकर्मा र छिमेकी शिवदयाल सहनीको कच्ची घरमा आंशिक क्षति पुगेको छ ।

आगलागीबाट मनमायाको १० हजार रुपियाँ बराबर र शिवदयालको ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न नसकेको स्थानीयले बताएका छन् ।