logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नवलपुरमा २५ दलित परिवारलाई बंगुर र बाख्रा वितरण


  • उज्यालो अभियान

नवलपुर, ०३ असार – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा आज २५ घर दलित परिवारलाई बंगुर र बाख्रा वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाको सहयोगमा नवलपुरस्थित उजागर कृषि सहकारी संस्थाले आर्थिक अवस्था कमजोर रहेका मुसहर, चमार, विश्वकर्मा र पासवान परिवारलाई बंगुर र बाख्रा वितरण गरेको हो । २१ परिवारलाई दुई÷दुईवटा बाख्रा र ४ परिवारलाई दुई÷दुई वटा बंगुर प्रदान गरिएको उजागर कृषि सहकारी संस्थाका अध्यक्ष जितेन्द्रकुमार महतोले जानकारी दिए । उनका अनुसार अत्यन्त पिछडिएको दलित समुदायलाई आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले बंगुर र बाख्राको पाठा वितरण गरिएको हो ।

मधेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपाने, उर्जा, सिँचाई तथा खानेपानी मन्त्री बेची लुंगेली, लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारी, लालबन्दी नगरपालिका १ का वडाध्यक्ष हरिबहादुर भट्टराई, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलंगवाका प्रमुख उपेन्द्र सिंहलगायत भएर बंगुर तथा बाख्रा वितरण गरेका हुन् ।

सतप्रतिसत अनुदानमा बंगुर र बाख्रा पाएपछि लाभग्राही दलित परिवार खुसी भएका छन् ।