हरिपूर्वा, ०२ असार – सर्लाहीको हरिपूर्वा नगरपालिकामा लामखुट्टे मार्न पहिलो पटक औषधि छिट्ने काम सुरु भएको छ ।
चर्को गर्मीमा लामखुट्टेको आतंक अत्यधिक बढेपछि विषादी छिट्ने काम सुरु गरिएको हो । गएसाँझबाट औषधि छिट्ने कार्यको मेयर विनोदकुमार साह तेली आफै उपस्थिति भएर सुरुवात गरेका छन् ।

नगरपालिकाको वडा नं. १ देखि ९ सम्म नै लामखुट्टे निर्मुल पार्न विषादी छर्ने काम सुरु गरेको मेयर साहले बताए ।
हरिपूर्वा नगरपालिका भएपछि पहिलो पटक यसरी लामखुट्टे मार्न औषधि छिट्ने काम प्रारम्भ भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।