logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

फूलजोर बाबा साझेदारी वनको निर्वाचन : ३२९ मध्ये ३२२ जनाले गरे मतदान


  • उज्यालो अभियान

बयलवास, ०१ जेठ – सर्लाहीको फूलजोर बाबा साझेदारी वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयन गर्न आज मतदान सम्पन्न भएको छ ।

ईश्वरपुर नगरपालिका ६ स्थित नारायण माध्यमिक विद्यालयमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । मतदानमा फूलजोर बाबा साझेदारी वन अन्तर्गत पर्ने जिल्लाको ५ पालिकाका ४७ वडाबाट छानिएर आएका ३२९ जना प्रतिनिधिमध्ये ३२२ जनाले मतदान गरेका छन् ।

निर्वाचन समितिले आजैबाट मतगणना सुरु गर्ने तयारी गरेको छ । निर्वाचनबाट अध्यक्ष, उपाध्यक्षसहित ५१ जना सदस्य छानिने छन् । त्यसमध्ये उपाध्यक्षमा सुरेन्द्र महतो र मधेशी सदस्यमा गौरीशंकर यादव निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ४९ जनाको लागि भने आज मतदान भएको हो ।

वनको नेतृत्वका लागि विभिन्न दलहरुले गठवन्धन गरेर उम्मेदवार उठाएका छन् । फूलजोर बाबा साझेदारी वनको चार सीमा ः पूर्व पश्चिम राजमार्गदेखि उत्तर, बाँके खोलादेखि पश्चिम, फूलजोर खोलादेखि पूर्व र घारिबथान गाउँदेखि दक्षिणतर्फ पर्छ ।

सर्लाहीका तीनवटा साझेदारी वनमध्ये जानकीनगर र लालबन्दी साझेदारी वनको चुनाव भएको धेरै समयपछि फूलजोर बाबा साझेदारी वनको बल्ल निर्वाचन भएको हो ।