logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

२० औँ रक्तदाता : मलंगवामा रक्तदान कार्यक्रम सुरु


  • उज्यालो अभियान

मलंगवा, ३२ जेठ – आज परेको विश्व रक्तदाता दिवसका अवसरमा सदरमुकाम मलंगवामा रक्तदान कार्यक्रम सुरु भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सर्लाही जिल्ला शाखाले प्रादेशिक अस्पताल मलंगवामा रक्तदान कार्यक्रम आयोजना गरेको र कार्यक्रम भर्खरै सुरु भएको रेडक्रसका जिल्ला सभापति नागेन्द्र प्रसाद चौधरीले जानकारी दिए । रेडक्रसले प्रादेशिक अस्पतालमा ब्लड बैंक संचालन गर्दै आइरहेको छ ।

त्यसैगरी जेसीज लालबन्दीले पनि भोली रक्तदान कार्यक्रम राखेको छ ।

२० औँ रक्तदाता दिवसका अवसरमा भोली असार १ गते लालबन्दी ७ स्थित मध्यमान्चल कम्युनिकेशन अगाडि बिहान ७ बजेदेखि रक्तदान कार्यक्रम राखिएको आयोजक लालबन्दी जेसीजले जनाएको छ ।