logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा पहिलो पटक साइकलिङ्ग संघ गठन


  • उज्यालो अभियान

लालबन्दी, ३२ जेठ – सर्लाहीमा पहिलो पटक सर्लाही जिल्ला साइकलिङ्ग संघ गठन गरिएको छ ।

आज लालबन्दीमा सम्पन्न भेलाबाट ईश्वरी प्रसाद घिमिरे अध्यक्ष रहने गरी ९ सदस्यीय सर्लाही जिल्ला साइकलिङ्ग संघ गठन गरिएको हो । संघको उपाध्यक्षमा सुमन मोक्तान, सचिवमा रामप्रसाद देवकोटा, कोषाध्यक्षमा सन्तोष अधिकारी, सदस्यहरुमा नाथुराम चौधरी, रन्जना लामा घिसिङ्ग, सरोज बानियाँ, सचित न्यासुर र निलम मैनाली रहेका छन् ।

प्रदेश संयोजक सुदीप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले सर्लाहीमा साइकलिङ्गलाई प्रवद्र्धन गर्न अभियान चाल्ने निर्णय गरेको छ ।