logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जियाजोर माविमा अभिभावक संघ र सल्लाहकार समिति गठन


  • उज्यालो अभियान

जियाजोर, ३२ जेठ – सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरमा रहेको नारायण जनता माध्यमिक विद्यालयमा आज अभिभावक संघ र सल्लाहकार समिति गठन गरिएको छ ।

बिहान सम्पन्न अभिभावक भेलाबाट बाबुलाल मोक्तान संयोजक रहेको ११ सदस्यीय अभिभावक संघ र पूर्व व्यवस्थापन समितिका अध्यक्षहरु सदस्य रहने गरी शम्भुलाल श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लुंगु दोर्जे वाइवाको अध्यक्षता तथा लालबन्दी १२ का वडाध्यक्ष दुर्गाबहादुर आलेको प्रमुख आतिथ्यतामा आयोजित अभिभावक भेलाबाट अभिभावक संघ र सल्लाहकार समिति सर्वसम्मत रुपमा चयन गरिएको विद्यालयका शिक्षक ऋषिप्रसाद सुवेदीले जानकारी दिए ।

शिक्षक विवश पौडेलले संचालन गर्नुभएको अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक नवराज थापा, अन्य शिक्षक, निर्वाचित वडा सदस्य, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।