logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा रक्तदान कार्यक्रम सुरु


  • उज्यालो अभियान

हरिवन, ३१ जेठ – सर्लाहीको हरिवनमा रक्तदान कार्यक्रम सुरु भएको छ ।

२० औँ विश्व रक्तदाता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा हरिवन नगरपालिका ११ स्थित सगुन सहकारीको कार्यालय अगाडि रक्तदान कार्यक्रम सुरु भएको हो । रक्तदान कार्यक्रम मध्यान्हसम्म जारी रहने नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार हरिवन नगरपालिका, रक्तसंचार सेवा केन्द्र धनुषा र भैरवी दलगण पाँचकुमारी ब्यारेकसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

‘जीवनदान, रक्तदान’ भन्ने नारासहित आयोजित कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले सबैसँग आग्रह गरेको छ ।