logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोडैताका विद्यालय बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै संचालन गरिने


  • उज्यालो अभियान

गोडैता, ३० जेठ – अत्यधिक गर्मीलाई मध्यनजर गरी सर्लाहीको गोडैता नगरपालिकाले विद्यालयहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै संचालन गर्ने भएको छ ।

केही दिनदेखि बढिरहेको अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भई विद्यालयहरुमा पठनपाठन कार्यमा कठीनाई हुन आएकाले भोली ३० गतेदेखि ३२ गतेसम्म विद्यालय संचालन समय बिहान ६ बजेदेखि १० बजेसम्म तोकिएको हो । गोडैताका मेयर देवेन्द्रकुमार यादवले आज सूचना नै जारी गरी यस विषयमा जानकारी दिएका छन् ।

गर्मीले विद्यार्थी प्रभावित भएपछि हरिवन नगरपालिकाले यसअघि नै आगामी शुक्रबारसम्मका लागि विद्यालय बन्द नै गरिसकेको छ । अरु पालिकाहरुमा भने विद्यालय संचालन भइरहेका छन् ।

विगत एक हप्तादेखि तराईमा अत्यधिक गर्मी भइरहेको छ । अघिल्लो हप्ता पानी परेपछि यहाँ अझ हपक्क भई गर्मी हुन थालेको हो । गर्मीले मानिस रातदिन असिनपसिन भएर बस्ने गरेका छन् ।

चर्को गर्मीले धेरै मानिस बिरामी नै पर्न थालेका छन् ।