logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुईवटा टिपर ठोक्किए


  • उज्यालो अभियान

गोडैता, २९ जेठ – सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियास्थित झगरु चोकमा आज दुईवटा टिपर आपसमा ठोक्किएर दुर्घटना भएका छन् ।

भित्री सडकस्थित ना ८ ख ८३७४ र ना ८ ख ६५८६ नम्वरको टिपर जुधेका हुन् । दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

ठोक्किएर दुवै टिपरको अगाडिपट्टीको भागमा क्षति पुगेको छ ।