logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सिडिओ अधिकारीसँग पत्रकार र राजनीतिज्ञको परिचयात्मक कार्यक्रम


  • उज्यालो अभियान

मलंगवा, २८ जेठ – शुक्रबार सर्लाहीमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्लाका पत्रकार र राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग परिचयात्मक कार्यक्रम एवं समसामायिक विषयमा छलफल गरेका छन् ।

उनले जिल्लामा हाजिर भएपछि हिजो दिउँसो जिल्ला प्रशासन कार्यालय मलंगवामा जिल्लामा क्रियाशील पत्रकार र राजनीतिक दलका जिल्लास्थित प्रमुख तथा प्रतिनिधिसँग छलपल गरी जिल्लाको शान्ति, सुरक्षासहित समग्र वस्तुस्थितिबारे जानकारी लिएका हुन् । पत्रकार तथा पार्टी प्रतिनिधिले नवनियुक्त सीडीओ अधिकारीलाई आ–आफ्नो सल्लाह सुझाव दिएका छन् ।

सीडीओ अधिकारीले प्राप्त सल्लाहसुझाव मनन गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक रवीन्द्र बहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख देवराज लिम्बुको समेत उपस्थिति थियो ।

यसअघिका सीडीओ कोमलप्रसाद धमला राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएर गएपछि सहसचिव अधिकारी कन्चनपुर जिल्लाबाट सरुवा भएर यहाँ आएका हुन् ।