प्रतिकात्मक तस्बिर ।
हरिपुर, २८ जेठ सर्लाहीको हरिपुर नगरपालिका–५, असन्मामा एक पुरुष मृत फेला परेका छन् ।
सोही ठाउँका ३५ वर्षीय नेक मोहम्मद स्थानीय रामआशिष चौधरीको खेतमा मृत फेला परेका हुन् । काठमाडौंमा बसेर सिलाईकटाईको काम गर्ने मोहम्मदको मृत्युको कारण खुल्न सकेको छैन् ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइ घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिपुरका इन्चार्ज एवं प्रहरी निरीक्षक ठाकुर सापकोटाले बताए ।