logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम बिहानैदेखि धुम्म, हावा नचल्दा हपक्क गर्मी


  • उज्यालो अभियान

मलंगवा, २७ जेठ – सर्लाहीको मौसम आज बिहानैदेखि धाम्मधुम्म भइरहेको छ ।

यहाँ हिजो दिनभर अत्यधिक चर्को घाम लागेर उखरमाउलो गर्मी थियो । राति पनि सर्वसाधारणले अत्यधिक गर्मी खेपे । आज बिहानैदेखि पानी पर्लाजस्तो भई मौसम धुम्मिएको हो ।

घाम नलागे पनि बेलाबेलामा हावा नचलेर अत्यधिक गर्मी हुँदा मानिस छटपटिने गरेका छन् । २ दिनअघि भारी वर्षा भएपनि त्यसपछि झनै बाफ बढेर अत्यधिक गर्मी हुँदा मानिस प्रभावित बनिरहेका छन् ।

दिन र रात एकनाशले गर्मी हुँदा मानिसको दैनिक नराम्ररी प्रभावित बनिरहेको छ ।