logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पोखरीमा डुबेर सर्लाहीको बलरामा एक वृद्धाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बलरा, २७ जेठ – सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा नगरपालिकामा आज बिहान पोखरीमा डुबेर एक वृद्धाको ज्यान गएको छ ।

बलरा नगरपालिका–९, अचलगढमा स्थानीय मुनिलाल यादवकी श्रीमती ८० वर्षीया राधिका देवी यादवको पोखरीमा डुबेर ज्यान गएको हो । राधिका बिहान ५ बजेतिर मर्निङवाकमा भनी निस्केकी थिईन् ।

उनी अचलगढस्थित पूर्व पश्चिम हुलाकी सडकको पुलमुनी रहेको पोखरीमा तैरिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।

वृद्धा पुलबाट चिप्लिएर पोखरीमा खसेको हुनसक्ने र यस सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।