logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा लागूऔषध सम्वन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन


  • उज्यालो अभियान

हरिवन, २६ जेठ – सर्लाहीको हरिवन चोकस्थित राजमार्गमा आज लागूऔषधको दुव्र्यसनी नियन्त्रण सम्वन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ ।

हरिवन नगरपालिकाको सहयोगमा राष्ट्रिय संगीतकर्मी संघले हरिवन चोकस्थित सगुन सहकारी अगाडिको छहारीमा सचेतनामूलक सडक नाटक देखाएको हो । पछिल्लो समय लागूऔषधको दुव्र्यसनी अधिंकाश परिवारमा चिन्ताको विषय बनिरहेको छ । सोही कुरालाई मध्यनजर गरी समाजमा रहेको लागूऔषध सेवन तथा दुव्र्यसनीको अवस्था र यसले पारिरहेको असरलाई समेटेर सचेतनामूलक नाटक देखाइएको हो ।

कार्यक्रमाम स्थानीयसँगै हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, हरिवन ११ का वडाध्यक्ष शेष महबबु रेजा, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोतेलगायतले पनि सहभागी भएर सचेतनाममूलक सडक नाटक हेरेका छन् ।