प्रतिकात्मक तस्बिर ।
सुखेपोखरी, २३ जेठ – हरिवन नगरपालिका–१०, सुखेपोखरीमा ट्रकले मोटरसाइकलललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति नयाँरोडबाट हरिवनतर्फ आउँदै गरेको ना ६ ख ४९८९ नम्वरको ट्रकले विपरीत दिशाबाट गइरहेको ना ६४ प ६०२५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा चालक बागमती नगरपालिका–२, डुम्री टोल बस्ने २० वर्षीय दीपशरण चालिसेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनायो ।
दुर्घटनापछि फरार ट्रक र त्यसका चालकलाई प्रहरीले आज बिहानपख ईश्वरपुर नगरपालिका क्षेत्रबाट नियन्त्रणमा लिएको छ ।