logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पर्याप्त वर्षापछि किसान खुसी, तत्काललाई गर्मीबाट राहत


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, २२ जेठ – सर्लाहीमा आज मध्यान्हपख एक झर ठूलो पानी परेको छ ।

यहाँ हावाहुरी र चट्याङसहित पर्याप्त वर्षा भएको हो । पानी परेपछि किसानलाई राहत मिलेको छ ।

भर्खरै राखिएको धानको बिउ, हुर्कदै गरेको मकै, उखु, तरकारीलगायतका बालीनालीलाई फाइदा गरेको किसानले बताएका छन् ।

यो पानीले वनजंगल, कान्लामा हरियो फिर्न पनि झन मद्धत पुगेको छ । पानी परेकाले आज यहाँ गर्मी निकै कम भएको छ ।

यहाँका वासिन्दाले जेठ मध्यतिर यो वर्ष असाध्य गर्मी खेपे । तर विगत २÷३ दिनदेखि तापक्रम केही घटेको छ । आज पर्याप्त वर्षा भएकाले स्थानीयले अझ शित्तलताको महशुस गरेका छन् ।

हावाहुरीले जिल्लामा दिउँसोसम्म अवरुद्ध विद्युत् अहिले भने प्रायः सबैजसो ठाउँमा सूचारु भएको नेपाल विद्युत् प्राधिकरणको वितरण शाखाले जनाएका छन् ।