logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

माेटर चलाएर नुहाउने क्रममा करेन्ट लागेर मृत्यु


  • उज्यालो अभियान

मूर्तिया, १९ जेठ – चापाकलमा जडान गरेकाे माेटर चलाएर नुहाउन खाेज्दा एक पुरुषकाे मृत्यु भएकाे छ ।

बागमती नगरपालिका-३ घर भई हाल बरहथवा नगरपालिका-९ पैतालिस बिगा स्थित हिमाल लामाको घरमा डेरा गरी बस्ने ६० वर्षीय रत्न बहादुर डिमडिमकाे करेन्ट लागेर मृत्यु भएकाे हाे । शुक्रबार दिउँसाे मोटर चलाएर नुहाउने क्रममा चापाकलमा अचानक विद्युत सर्ट भई करेन्ट लागेर घाईते डिमडिमलाई उपचारको लागि नबजिबन अस्पताल बरहथवामा पुर्याउँदा चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।