प्रतिकात्मक तस्बीर ।
मलंगवा, १९ जेठ – सर्लाहीका छुट्टाछुट्टै स्थानमा शुक्रबार घर र कुखुरा फार्ममा आगलागि भएकाे छ ।
हरिवन नगरपालिका-७ निवासी प्रमिला साहको बाँसको टाटी माथि जस्ताले छाएको तल पक्की भुँई ढलान भएको २ कोठे कच्ची घरमा विद्यु सर्ट भई आगलागी हुँदा १ लाख २० हजार रुपैंया बराबर क्षति भएको छ ।
त्यस्तै बसबरिया गाउँपालिका-२ एकासी खोला नजिकै श्यामबाबु साहको सिमेन्टको पिल्लर, बाँस, काठ र फुसले बनाएको खाली कुखुराको फार्ममा आगोलागी भएको प्रहरीले जनायाे । उक्त आगलागीबाट ४ लाख रुपैंया बराबर क्षति भएकाे प्रहरीले जनाएकाे छ ।