logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बलात्कार र ज्यान मार्ने उद्याेगका फरार दाेषि पक्राउ


  • उज्यालो अभियान

मलंगवा, १८ जेठ – सर्लाही जिल्ला अदालतबाट फैसला भई फरार रहेका २ जना दाेषिलाई सर्लाही प्रहरीले पक्राउ गरेकाे छ ।

सर्लाहीकाे कबिलासी नगरपालिका-८ निवासी दिनेश मण्डल धानुक र सर्लाहीकै रामनगर गाउँपालिका-२ ध्रुवा टोल निवासी रामबाबु रायलाई पक्राउ गरेर विहिबार सर्लाही जिल्ला अदालत समक्ष पेश गरिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार दिनेश मण्डल धानुक जबरजस्ती करणी मुद्धामा १० बर्ष कैद सजाय तथा रामबाबु राय ज्यान मार्ने उद्याेगमा १५ हजार जरिवाना ताेकिएका दाेषि हुन् ।