जिल्ला प्रहरी कार्यालय सर्लाही ।
मलंगवा, १७ जेठ – १७ औँ गणतन्त्र स्थापना दिवसको उपलक्ष्यमा सर्लाही प्रहरीले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले मलंगवा स्थित आफनो कार्यालय परिसरमा बुधबार बृक्षारोपण गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठ लगायत प्रहरी अधिकृत सहित सुरक्षाकर्मीहरुको सहभागितामा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको सर्लाही प्रहरीले जनाएको छ । कार्यालय परिसर भित्र विभिन्न जात जातिका विरुवाहरु रोपिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।