लालबन्दी, १२ जेठ – लालबन्दी नगरपालिका-५ कालीञ्जोर खोलामा राखिएकाे एक जेसीबीमा आगलागी भएकाे छ ।
शनिबार दिउँसाे पबा.३ क २९८६ नम्बरकाे जेसीबी जलेर पूर्ण रूपमा नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । उक्त जेसीबी लालबन्दी नगरपालिकाले लगाएकाे ठेक्का अनुसार कालिञ्जाेर खाेलामा गिट्टी बालुवा उत्खनन् गर्नका लागि राखिएकाे ठेकेदारकाे रहेकाे बुझिएकाे छ ।
चालक लालबन्दी नपा-१७ निबासी २६ वर्षीय रबि अधिकारी चालकलाई सोधपुछ गर्दा बिहान १० बजे सो स्थानमा छाडेर खाना खानलाई लालबन्दी-३ सिसवा गएको र दिउँसाे खाना खाएर फर्किँदा आगाे लागिरहेकाे देखिएकाे बताएकाे प्रहरीले जनाएकाे छ । आगाे लगाईएकाे हाे कि प्राविधिक कारणले आफै आगाे लागेकाे हाे भन्ने विषयमा अनुसन्धान भईरहेकाे प्रहरीले जनायाे ।