राहत वितरण गरिदै ।
बाराउद्योरण, १२ जेठ – भारतीय सिमावर्ती सर्लाहीको बिष्णु गाउँपालिका–१ बाराउद्योरण पुर्वारी टोलका आगलागीपीडित ६१ घर परीवारहरुलाई नेपाल प्रहरी श्रीमति संघले राहत सामग्री प्रदान गरेको छ ।
शनिबार दिउँसो नेपाल प्रहरी श्रीमती संघको आयोजना र नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशको सहकार्यमा नेपाल प्रहरी श्रीमती संघको केन्द्रीय अध्यक्ष श्रीमती लक्ष्मी कुंवरको प्रमूख अतिथ्यता राहत सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । बिष्णु गाउँपालिका अध्यक्ष जवाहर लाल प्रसाद यादवको विशेष उपस्थितिमा, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक(डीआईजी) यज्ञ बिनोद पोखरेल, नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सचिव अनिता देवकोटा वास्तोला, नेपाल प्रहरी श्रीमती संघ मधेश प्रदेशकी अध्यक्ष गरिमा पोखरेल, नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरूङ, नेपाल प्रहरी श्रीमती संग मधेश प्रदेशकी पदाधिकारी मिना गुरूङ , जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह, नेपाल प्रहरी श्रीमती संघकी प्रशासन सह–सचिव अनिता दहाल अधिकारी, बिष्णु गाउँपालिका वडा नं. १ का अध्यक्ष बिकाउ ठाकुर लगायतको आतिथ्यतामा खाध्यान्न तथा राहत सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।
गत वैशाख २० गते दिउँसो भिषण आगलागीबाट त्यहाँका ६१ परिवारको घर तथा घरभित्र रहेका सामानहरु जलेर नष्ट भएको थियो । आगलागीपीडित परिवारलाई राहत सामग्री प्रदान गरेर नेपाल प्रहरी श्रीमति संघले ठूलो सहयोग गरेको भन्दै विष्णु गापा अध्यक्ष जवाहर लाल प्रसाद यादवले आभार प्रकट गरे ।