लालबन्दी, ११ जेठ – ईलाका प्रहरी कार्यालय लालबन्दीले करिब ३ किलाे गाँजा सहित एकजनालाई नियन्त्रणमा लिएकाे छ ।
लालबन्दी नगरपालिका-७ मरिनचोक स्थितमा बाटोमा ब्याग बोकी पैदल हिडिरहेको अवस्थामा लालबन्दी नगरपालिका-१४ निवासी २५ वर्षीय मन बहादुर रुम्बालाई नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । गस्ती टाेलीले शंका लागेर चेकजाँच गर्दा रुम्बाले बोकेको मेसी लेखिएको कालो रङको झाेला भित्र सेतो बोराले बेरेकाे अवस्थामा २ किलो ८०० ग्राम लागूऔषधकाे रुपमा प्रयाेग हुने गाँजा बरामद् भएकाे प्रहरीले जनाएकाे छ । लागूऔषध नियन्त्रण ऐन अनुसार रुम्बालाई कार्बाही प्रकृया अगाडि बढाईएकाे प्रहरीले जनायाे ।