लालबन्दी, १० जेठ – ५ किलाे गाँजा सहित एक व्यक्ति पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाछ गस्तीमा खटिएकाे टोलीले महोत्तरी जिल्लाकाे जलेश्वर नगरपालिका-९ निवासी ६५ वर्षीय नागेन्द्र सिंहलाई गाँजा सहित बुधबार पक्राउ गरेकाे हाे । लालबन्दी नगरपालिका-७ बजार स्थित बर्गर हाउस अगाडी बसिरहेको अवस्थामा सिंहले बाेकेकाे प्लाष्टिककाे बाेरा शंका लागेर चेकजाँच गर्दा गाँजा फेला परेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । बोरा भित्र गहुँको दानाले छाेपेर राखेकाे अवस्थामा गाँजा बरामद् भएकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परेका सिंहलाई लागूऔषध नियन्त्रण ऐन अन्तर्गत कानूनी कार्बाही प्रकृया अगाडि बढाईने प्रहरीले जनायाे ।