logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

भारतीय माछा नियन्त्रणमा लिएर खाडलमा पुरियाे


  • उज्यालो अभियान

बरामद् माछा खाडलमा पुर्दै सुरक्षाकर्मीहरु । (तस्बिर साैजन्य : जिल्ला प्रहरी कार्यालय सर्लाही)

बलरा, ०९ जेठ – भारतबाट गैरकानूनी रुपमा भित्र्याउन खाेजिएकाे माछा सर्लाही प्रहरीले नियन्त्रणमा लिएर खाडलमा पुरेकाे छ ।

भारतीय सिमावर्ती बलरा नगरपालिका-१ सेढवामा इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँढे २ क्वीण्टल माछा नियन्त्रणमा लिई खाडलमा पुरेर नष्ट पारिएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए । चेकजाँच गर्ने क्रममा २ वटा मोटरसाईकल पछाडी बोरामा राखेर भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा माछा बरामद् भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार चेकजाँच टोलीलाई देख्ने बितिकै बोराहरु फालेर माेटरसाईकल सहित चालकहरु भने भागेका छन् ।