हरिपुर, ०४ जेठ – ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«ेनसँग समन्वय गरी जवरजस्ती हुने विवाह र बालविवाह अन्त्यका लागि धर्मगुरु, पुरोहित, पास्टर र मुड्बी मौलानाबीच अन्तरक्रिया गरेको छ ।
चाइल्ड अर्ली फोस्र्ड म्यारिज (सीईएफएम) परियोजना अन्तर्गत अन्तरक्रियासहित अभिमुखीकरण कार्यक्रम गरिएको परियोजना संयोजक सिर्जना बस्नेतले जानकारी दिईन् । उनका अनुसार ईश्रपुर र हरिपुरका सरोकारवालालाई सहभागी गराई लालबन्दीमा कार्यक्रम गरिएको हो ।
संस्थाका संस्थापक सदस्य एवं उपाध्यक्ष विष्णुप्रसाद चालिसेको अध्यक्षतामा आयोजक कार्यक्रममा सेभका लाइन म्यानेजर शान्तिराम भण्डारी, ग्रामीण नारी उत्थानका निर्देशक डा. कमल बहादुर थिङ, संस्थाका सचिव सूर्यप्रसाद चालिसेसहित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, दुवै नगरपालिकाका रहेका इलाका प्रहरी कार्यालयको महिला शाखाको इन्चार्जलगायत अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
कार्यक्रमबाट ८ बुँदे संकल्प पत्र जारी गरिएको छ । जसमा २० वर्षभन्दा कम उमेरमा हुने विवाह अस्वीकार गर्ने, विद्यमान कानूनको पालना गर्ने, उमेर नपुग्दै हुने विवाह रोक्न लागिपर्नेलगायतका रहेका छन् ।
सहभागी धार्मिक गुरुहरुले बाल विवाह नियन्त्रणका लागि समूह बनाएर सचेतनामा लागिपर्ने प्रतिवद्धता जनाएका छन् । बालविवाह र जवरजस्ती वा उमेर नपुग्दै हुने विवाह न्यूनिकरणका लागि रचनात्मक गतिविधि गर्न ईश्वरपुरमा हिमालय भट्टराई र हरिपुरमा जटाशंकर राउतको नेतृत्वमा सात–सात सदस्यीय समिति बनाइएको परियोजना संयोजक बस्नेतले बताईन् ।