logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

छोरीको जन्मदिनमा आश्रममा भोजन


  • उज्यालो अभियान

नवलपुर, ०४ जेठ – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर निवासी एक परिवारले आज जुटपानी आश्रमका वृद्धवृद्धालाई मिष्ठान्न भोजन गराएको छ ।

छोरी दीपशिखाको जन्मदिनमा बुवा दीपक कुमार श्रेष्ठ र आमा रेबु श्रेष्ठले आश्रममा एक छाक भोजनको प्रवन्ध मिलाएका हुन् । दीपशिखाका बुवा दीपकले छोरीको जन्मदिनमा सेवाभावले आश्रमका वृद्ध आमाबुवालाई भोजन गराएको बताए ।

श्रेष्ठ दम्पत्ति आफै सरिक भएर बिहान आश्रममा आश्रय दिएर राखिएका बुवा आमालाई भोजन गराएका आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।