logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

एमाले सर्लाहीको अध्यक्षमा साह निर्वाचित, अन्य पदाधिकारीमा पनि साह प्यानलकै जित


  • उज्यालो अभियान

मलंगवा, ०३ जेठ – नेकपा एमाले सर्लाहीको अध्यक्षमा राजनारायण साह निर्वाचित भएका छन् ।

भर्खरै सकिएको मतगणनामा गणेश प्रसाद प्रसाईलाई झिनो मतान्तरले पराजित गर्दै निर्वतमान जिल्ला अध्यक्ष साह पुनः अध्यक्षमा चुनिएका हुन् ।

उपाध्यक्षमा निवर्तमान उपाध्यक्ष विदुरकुमार प्याकुरेल, सचिवमा डिल्लीप्रसाद अधिकारी, उपसचिव खुल्लामा बलराम यस्माली मगर र उपसचिव महिलामा विभा नेपाल विजयी भएकी छन् । उनीहरु सबै साह प्यानलकै हुन् ।

निर्वाचन समितिका संयोजक रमेश न्यौपानेले सबैको मत जोड्ने काम भइरहेको उज्यालो अभियानसँग बताए ।