मलंगवा, ०२ जेठ – नेकपा एमाले सर्लाहीको नवौं जिल्ला अधिवेशन अन्तर्गत दिउँसो ३ बजेपछिबाट मतदान जारी छ ।
प्रतिनिधिहरुले लाइनमा बसेर मत खसाली रहेका छन् । अधिवेशनका लागि ६१० जना प्रतिनिधि छन् ।
साँझ अबेरसम्म मतदान चल्ने देखिन्छ । तर आजै मतगणना हुने सम्भावना भने कम छ ।
निर्वाचन समितिका संयोजक रमेश न्यौपानेले आजै मतगणना गर्न सक्ने अवस्था नरहेको र तयारी पनि नरहेको उज्यालो अभियानसँग बताए । “हतार हतार तयारी गरेर मतदान त गराइरहेका छौँ तर मतगणनाको तयारी अहिले भइसकेको छैन, त्यसैले आज सकिन्न होला,” न्यौपानेले उज्यालो अभियानसँग भने, “हिजो पनि रातभर सुतेका छैनौँ, अब आज आराम गरे र भोली मात्रै गणना गर्छाैँ ।”
एमाले सर्लाहीको नयाँ नेतृत्वका लागि अध्यक्षमा राजनारायण साह, गणेश प्रसाद प्रसाई र जयप्रकाश यादव प्यानलसहित चुनावी मैदानमा छन् ।