logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम बदली भएर पुनः वर्षा, रोपिसकेको मकै टाल्लिने भन्दै किसान चिन्तामा


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, ३० बैशाख – सर्लाहीमा राति फेरि एक झर पानी थपिएको छ ।

यहाँ अहिले पनि कतैकतै सिमसिम पानी परिरहेको छ भने कतै पानी पर्लाजस्तो भई मौसम धुम्म भइरहेको स्थानीयले बताएका छन् । राति मेघगर्जनसहित एक झर पर्याप्त वर्षा भएको हो ।

यहाँ लामो खडेरीपछि केही दिनअघि पनि हावाहुरी र चट्याङसहित ठूलो पानी परेको थियो । त्यही पानीमा यहाँको उत्तरी भेगका अधिकांश किसानले आ–आफ्नो बारीमा मकै छरिसकेका थिए । तर, फेरि पानी परेर भर्खरै रोपेको मकै टालिदिएको भन्दै किसान चिन्तित बनेका छन् ।

यो पानीले उखु, चैते धानलगायतका बालीलाई भने निकै फाइदा पुर्याएको छ । पछिल्लो समय ठीक समयमा पानी नपरेर चैतमा झरी, बैशाखमा खडेरी जस्ता फरक खालको मौसमी गतिविधि देख्दा किसानले आश्चर्य मानिरहेका छन् ।

सिँचाईको सुविधा नरहेको उत्तरी चुरेभेगमा यो बेला बारीमा मकै गोड्ने बेला हुन्थ्यो तर यस वर्ष बल्ल पानी परेको छ । ५ दिनअघिको पानीपछि हतारहतार मकै छरेका किसान फेरि दोहोर्याएर पानी परेपछि मकै टालिने भन्दै चिन्तामा परेका हुन् ।

पानी परेपछि वन तथा खेतबारीमा कान्लामा पालुवा बढ्दै गएका छन् । यहाँको वन क्षेत्रमा अहिले कतै पनि डढेलो छैन् । तत्कालका लागि धुलो, धुँवाको प्रदुषण कम भएको छ ।