logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

राजघाटमा आगलागीबाट घर जल्यो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

राजघाट, ३० बैशाख – सर्लाहीको बागमती नगरपालिका–७, राजघाटस्थित दुम्जाली टोलमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

आगलागीबाट स्थानीय दुर्गा लामा जिम्बाको फूसले छाएको घर जलेर खरानी भएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन् ।

प्रहरीका अनुसार आगलागीबाट घरसहित घरभित्रका सरसामग्री, खाद्यान्न, नगद, कपडा सबै जलेर नष्ट हुँदा तीन लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको छ ।

हिजो बिहान ४ बजेपछि भएको आगलागी गाउँले र प्रहरी भएर निभाएका थिए ।