logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अग्नी पीडित बीस परिवारलाई राहत वितरण


  • उज्यालो अभियान

हरिपूर्वा, ३० बैशाख – रोटरी क्लब अफ बर्दीवासले सर्लाहीका अग्नी पीडित २० परिवारलाई शनिबार राहत प्रदान गरेको छ ।

संस्थाले नेपाल रेडक्रस सोसाइटी बर्दीवाससँग समन्वय गरी हरिपूर्वा नगरपालिकामा ६ परिवार, बसबरिया गाउँपालिकामा ११ परिवार र बागमती नगरपालिकामा ३ परिवार गरी जम्मा २० परिवार आगलागी पीडितलाई राहत उपलब्ध गराएको हो । हरिपूर्वा नगरपालिका ५ मा मधेश सरकारकी गृह, संचार तथा कानून राज्यमन्त्री शारदा देवि थापाको प्रमुख आतिथ्यतामा राहत वितरण कार्यको सुरुवात गरी हरिपूर्वासहित बसबरिया र बागमतीमा राहत वितरणको काम सम्पन्न गरेर बर्दीवास फर्किएको रोटरी क्लब अफ बर्दीवासका अध्यक्ष कृष्ण गौतमले जानकारी दिए ।

गौतमका अनुसार एउटा परिवारलाई २७ भन्दा बढी प्रकारका राहत सामग्री प्रदान गरिएको छ ।

बर्दीवास क्षेत्रमा यस प्रकारको सामाजिक काम गर्दै आइरहेको संस्थाले यसरी पहिलो पटक अर्को जिल्लामा समेत आएर राहत सामग्री वितरण गरेको अध्यक्ष गौतमले बताए ।