logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा आज पनि बिहानैदेखि शित्तल, पूर्वी चिसो हावा चल्दै


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा, २५ बैशाख – सर्लाहीमा आज पनि बिहानैदेखि शित्तल छ ।

पूर्वी चिसो हावा चलेर मौसम धुम्म हुँदा सर्वसाधारणले आज तुलनात्मक रुपमा गर्मी कम भएको महशुस गरिरहेका छन् । यहाँ विगत ३ दिनदेखि गर्मी घटेको हो ।

४२ डिग्री सेल्सीयससम्म पुगेको यहाँको अधिकतम तापक्रम हिजो र अस्ती २ दिन ३८ डिग्री सेल्सीयसम्म मात्रै पुग्यो । ३ दिनदेखि मौसम बद्ली भएर बेलाबेलामा धाम्मधुम्म भइरहेकाले यहाँ गर्मी केही कम भएको हो । गर्मी घट्दा नागरिकले थोरै भएपनि राहत महशुस गरेका छन् ।

३ दिनदेखि बेलाबेलामा बादल देखा परेर धुम्मिए जस्तो भइरहे पनि पानी भने पर्न सकिरहेको छ्रैन् । यहाँ हावा चलेपनि ३÷४ दिन अघिको जस्तो असाध्य तातो छैन् ।

काठमाडौँ, पोखरा, चितवनलगायतका ठाउँमा पानी पर्दा पनि यहाँ तुलनात्मक रुपमा गर्मी केही कम भएको हो । यहाँ भने पानी नपर्दा धुलो, धुँवाको प्रदुषण असाध्य छ ।

दुषित हावा चल्दा र मौसम खराब बन्दा मानिसमा घाँटी दुख्ने, आँखा पोल्ने, छाती दुख्ने, ज्वरो आउने, पखाला लाग्ने जस्ता स्वास्थ्य समस्या धेरै नै देखिएको छ । जेठ लाग्न लाग्दा दिउँसोपख गर्मी रहेपनि बिहानपख अझै चिसो नै छ । यस्तो मौसमप्रति धेरैले आश्चार्य मान्छन् ।

पानी नपरेर सर्लाहीको उत्तरी चुरेभेगका किसानले बारीमा मकै छर्न निकै ढिलो भएको बताएका छन् । बैशाख १०÷१५ सम्ममा मकै रोपिसक्ने गरेको भएपनि यो वर्ष बैशाख अन्तिम साता लागिसक्दा पनि पानी नपरेर मकै रोप्न नपाएको किसानले बताएका छन् ।

किसानले बैशाखमा स्यार्रसुर्र पानी परेर जेठमा यसरी खडेरी जाने गरेको भएपनि यो वर्ष ठीक उल्टो भएको बताएका छन् । चैतमा परेको पानीले खेतमा रोपेको मकै अहिले आएर पानी नपरेर ओइलाएको छ । सिँचाई सुविधा रहेर चैते धान रोपेको ठाउँमा रातदिन पप्पसेट चलाएर पानी पटाउनु परिरहेको छ ।

यहाँका किसान आकाशे वर्षाको बेग्र प्रतिक्षामा बसेका छन् । चुरेभेगमा जरुवा सुक्दा खानेपानीको चरम समस्या छ ।

कल तथा पप्पसेटबाट पानी नआउने र आकाशे वर्षा तथा जरुवा पानीकै भर रहेको चुरेभेगमा खडेरीले पिउने पानीसँगै वस्तुभाउलाई खुवाउने पानीको धेरै नै समस्या पर्न थालेको स्थानीयले बताएका छन् ।

दक्षिणी भेगका पनि चापाकल सुकेर पानी आउन छाडेको छ ।