logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको धेरैजसो ठाउँमा हावाहुरीसहित वर्षा


  • उज्यालो अभियान

लालबन्दी क्षेत्रमा बुधबार भएको वर्षा । तस्बिर : उज्यालो अभियान

लालबन्दी, २५ बैशाख – सर्लाहीमा अहिले हावाहुरीसहित वर्षा भइरहेको छ ।

बिहानैदेखि धाम्मधुम्म भइरहेको यहाँको मौसम दिउँसोबाट बदली भएर अहिले अधिकांश ठाउँमा हावाहुरीसहित पानी परिरहेको हो । दक्षिणतर्फबाट पानीसहितको हावाहुरी उत्तरतर्फ सरिरहेको छ ।

पानी नपरेको क्षेत्रमा समेत मौसम अध्यारो भएर पानी पर्लाजस्तो भएको छ भने हावा चलिरहेको स्थानीयले बताएका छन् । हावाहुरीसहित पानी पर्दा यात्रामा रहेकाहरु प्रभावित बनेका छन् ।

हावाहुरीसहित पानी परिरहँदा यहाँ बिजुली बत्ती अवरुद्ध भएको छ । किसानहरु पर्याप्त वर्षाको प्रतिक्षामा बसेका छन् ।