मलंगवा, २५ बैशाख – प्रभु साह नेतृत्वको आम जनता पार्टीले शिक्षा ऐन विपरीत गरिएको शिक्षकको दरबन्दी वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षक आपूर्ति गर्न माग गर्दै सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ ।
पार्टीका प्रवक्ता चन्द्रभुषण साहको नेतृत्वमा विद्यार्थीसहित प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत हिजो सरकारलाई ज्ञापन पत्र बुझाइएको हो ।
सो मागसहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलामार्फत बुझाइएको आम जनता पार्टीले जनाएको छ ।
पार्टीले अन्य जिल्लाहरुमा पनि यस प्रकारको प्रदर्शन गरिएको जनाएको छ ।