logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जिल्ला अधिवेशनको तयारीमा एमाले : सबै पालिकामा प्रतिनिधि छनोटआज एकै दिन


  • उज्यालो अभियान

मलंगवा, २२ बैशाख – नेकपा एमालेले सर्लाहीको ९ औ अधिवेशनका लागि आज एकै दिन प्रतिनिधि छनोट गर्ने भएको छ ।

सर्लाहीको सदरमुकाम मलगवामा हुने जिल्ला अधिवेशनका लागि जिल्ला भर एकै दिन करिब ४९३ प्रतिनिधि छनोट हुने जिल्ला उपाध्यक्ष बिदुर कुमार प्याकुरेलले जानकारी दिएका छन । प्याकुरेलका अनुसार वडा स्तरबाट ३९४ जनाको उपस्थिति रहने छ भने विभिन्न जनसगठन बाट ६० जना र आयोजक बाट १५७ र ५ प्रतिशत मनोनीत गरि जम्मा ६५० को हाराहारी प्रतिनिधि रहने उपाध्यक्ष प्याकुरेलले बताएका छन ।

मलंगवामा हुने अधिबेशनलाई नेकपा एमालका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने छ। उघाटनम सत्रमा करिब २० हजार नेता कार्यकर्ताको उपस्थिति रहने प्रचार विभाग प्रमुख गिता नाथ मैनालीले ( केदार ) जानकारी दिएका छन ।

मैनालीका अनुसार यो गर्मीयाम भएकाले पार्टी कार्यालयको छेउमा रहेको फुलबारी बगैंचामा उद्घाटन राखिएको बताएका छन् ।