logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आगलागी रोकिएन, बरहथवामा दुई घर र पिपरियामा १८ वटा परालको कुन्यू जल्यो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बरहथवा, २१ बैशाख – बरहथवा नगरपालिका १ हजरिया नयाँबजारमा आगलागीबाट रामबहादुर कार्की र उनका छोरा मानबहादुर कार्कीको दुईवटा घर जलेर नष्ट भएको छ ।

कविलासी नगरपालिका–२, पिपरिया मुस्लिम टोलमा आगलागीमा परेर १८ जना किसानको पराल जलेर नष्ट भएको छ ।

त्यस्तै लालबन्दी नगरपालिका–१७, रानिगन्जमा भएको आगलागीबाट पूर्व पश्चिम राजमार्गदेखि रेल्वे ट्रयाकसम्म २० जना भन्दा बढीको बाँस र मसलाको रुख जलेर नष्ट भएका छन् ।

उच्च तापक्रम, सुख्खापन र दिउँसोपख तीव्र गतिमा हावा चल्दा जिल्लाभर आगलागीका घटना बढेका छन् ।