प्रतिकात्मक तस्बीर ।
मलंगवा, २० बैशाख – भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिका १ बाराउद्योरणस्थित गाउँमा लागेको भिषण आगलागी नियन्त्रणमा आएको छ ।
घटनास्थलमा रहेका सशस्त्र प्रहरीका एसपी विनोदराज खनालले आगलागी नियन्त्रणमा आइसकेको उज्यालो अभियानसँग बताए । सुरक्षा अधिकारीहरु अहिले घटनास्थलमा छन् ।
एसपी खनालका अनुसार प्रारम्भिक विवरण अनुसार आगलागीबाट ६६ घर जलेका छन् । आगलागीको पूरा विवरण आउन बाँकी छ ।