मलंगवा, २० बैशाख – सदरमुकाम मलंगवामा सर्लाही निर्माण व्यवसायी संघको ७ औँ साधारण सभा एवं जिल्ला अधिवेशन सुरु भएको छ ।
अधिवेशनको मलंगवास्थित कुसुम पार्टी प्यालेसमा आज बिहान मधेश प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका छन् । संघका जिल्ला अध्यक्ष विनोदकुमार साहका अनुसार अधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुने छ ।
अधिवेशनको बन्दसत्रमा आज सर्वसहमतीको प्रयास गरिने र सहमती हुन नसके भोली मतदानबाट नयाँ नेतृत्व चयन गरिने अध्यक्ष साहले उज्यालो अभियानसँग बताए । साहकै अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन सत्रमा निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एडी लामा, महासंघकै कोषाध्यक्ष सन्तोष साह, संघका जिल्ला उपाध्यक्ष कृष्णकुमार यादवलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जिल्लाभरबाट निर्माण व्यवसायी सहभागी भएका छन् ।