प्रतिकात्मक तस्बिर ।
मलंगवा, २० बैशाख – मलंगवामा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धाको ज्यान गएको छ ।
वडा नं. १ भेडियाहीमा हिजो बेलुका बिआर ३० के ६६८८ नं. को मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६५ वर्षीया मलकिनया देवीको जयान गएको हो । आफ्नै भतिजका छोरा (नाती) ले चलाएको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी मलकिनया देवीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनायो ।
मलकिनया देवीका भतिज मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक वृद्धाको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।