प्रतिकात्मक तस्बिर ।
बयलवास, १६ बैशाख – जिल्लाको ईश्वरपुर नगरपालिका–४, स्थित सागरनाथ वन विकास परियोजनाको जङ्गलभित्र एक बेवारिसे पुरुष मृत फेला परेका छन् ।
तराई मुलको जस्तो देखिने अन्दाजी ७० वर्षीय पुरुष सागरनाथ जङ्गलको टिकका रुख भएको प्लान्टमा मृत फेला परेका हुन् । स्थानीयले ती पुरुषलाई चिनेनन् ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनायो ।
मानसिक सन्तुलन ठीक नरहेको जस्तो देखिने ती पुरुषको हुलिया सबै प्रहरी कार्यालयमा पठाएर सनाखत गराउने प्रयास भइरहेको छ ।