logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा उद्योग वाणिज्य संघको कार्यालय भवन शिलान्यास


  • उज्यालो अभियान

सन्जु कर्ण/हरिवन, १४ बैशाख – उद्योग वाणिज्य संघ हरिवनको आज कार्यालय भवन शिलान्यास गरिएको छ ।

मधेश प्रदेश सरकारले उपलब्ध गराएको २५ लाख रुपैयाँबाट निर्माण हुन लागेको कार्यालय भवनको बिहान हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रयागराज पोतेले शिलान्यास गरेका हुन् । हरिवन नगरपालिका ११ स्थित इन्दुशंकर चिनी मिलको टायरगाडा यार्ड छेउमा दुई तले कार्यालय भवन निर्माण गर्न लागिएको उद्योग वाणिज्य संघ हरिवनले जनाएको छ ।

आगामी असार मसान्तभित्रै २५ लाख रुपैयाँको काम सक्ने गरी भवन निर्माणको काम अघि बढाइएको छ । प्रदेश सरकारसमक्ष निरन्तर पहल गरी कार्यालय भवन निर्माण गर्न लागिएको भवन निर्माण समितिका अध्यक्ष निरन्जन साहले जानकारी दिए ।

साहसहित जग्गादाता नवराज धमलालगायतको उपस्थितिमा अध्यक्ष पोतेले कार्यालय भवनको शिलान्यास गरेका हुन् ।