मूर्तिया, १४ बैशाख – सर्लाहीको बरहथवा नगरपालिका ९ मूर्तियास्थित मुक्तेश्वर मन्दिर परिसरमा ब्रह्मबाबा भगवती मन्दिरको शिलान्यास गरिएको छ ।
गएसाँझ मधेश प्रदेश सरकारका नवनियुक्त उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले मन्दिरको शिलान्यास गरेका हुन् । प्रदेश सरकारको सहयोगमा जिल्लाकै प्रमुख धार्मिक स्थल मूर्तियामा बन्न लागेको मन्दिरको मन्त्री भट्टराईले गएसाँझ त्यहाँ आएर शिलान्यास गरेका हुन् ।
मन्दिर शिलान्यास कार्यक्रममा क्षेत्र नं. ३ (क) का प्रदेश सभा सदस्य जवाहारलाल कुशवाहा, बागमती नगरपालिकाका मेयर (निलम्बित) भरतकुमार थापा, बरहथवा ९ का वडाध्यक्ष तुलसी लुईटेल, हरिपुर १ का वडाध्यक्ष नानिबाबु थापालगायतको आतिथ्यता रहेको थियो ।