logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

उपसचिवपछि सहसचिवमा पनि एक नम्वरमा नाम निकाल्न सफल भए खड्का


  • उज्यालो अभियान

विनोदकुमार खड्का ।

हरिवन, १३ बैशाख – सर्लाहीको हरिवन नगरपालिका ९ निवासी विनोदकुमार खड्का सहसचिवको परीक्षामा पहिलो नम्वरमा नाम निकाल्न सफल भएका छन् ।

लोक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितामा प्रतिस्पर्धा गराउँदा खड्का नेपाल प्रशासन सेवा, राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव वा सो सरह) को परीक्षामा पहिलो नम्वरमा नाम निकाल्न सफल भएका हुन् । ९ जनाको नाम सिफारिस गर्दा खड्का पहिलो नम्वरमा छन् ।

उपसचिव भएर ५ वर्ष काम गरिसकेकाहरुले सहसचिवको परीक्षामा सामेल हुन पाउने व्यवस्था छ । खड्काले यसअघि उपसचिवमा पनि पहिलो नम्वरमै नाम निकालेर उर्तीण भएका थिए ।

सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारी समेत भएर काम गरिसकेका खड्का अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत छन् । उनको दुर्लभ सफलता सबैका लागि प्रेरणाको स्रोत बनेको भन्दै सामाजिक सन्जालमा धेरैले प्रशंसा गरिरहेका छन् ।

खड्कासहित ९ जनाले सहसचिवमा नाम निकाल्दा पाँचौं नम्वरमा सर्लाहीको लालबन्दी नगरपालिका ७ निवासी केशवराज सुवेदीले पनि परेका छन् ।