सर्लाहीका एसपी सिंह (दायाँ) साथमा आइजिपी वसन्तबहादुर कुँवर ।
मलंगवा, १२ बैशाख – सर्लाहीका प्रहरी प्रमुख (एसपी) रविन्द्र बहादुर सिंह फ्रान्समा आयोजित हेड अफ एनसिबी कन्फरेन्समा सहभागी हुन त्यहाँ पुगेका छन् ।
उनी नेपाल प्रहरीका केन्द्रिय प्रमुख एवं प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त बहादुर कुँवरसँगै कन्फरेन्समा सहभागी हुन त्यहाँ पुगेका हुन् । फ्रान्सको लियोनमा संचालन हुने १९ औं ‘हेड अफ एनसिबी कन्फरेन्स’ मा सहभागी हुन सोमबार आइजिपी कुँवरसँगै एसपी सिंह पनि त्यसतर्फ प्रस्थान गरेका थिए ।
सिंह दुई साता भ्रमणमा रहने भएपछि सर्लाही प्रहरीको कमाण्ड अहिले तत्कालका लागि नेपाल प्रहरीको दंगा गण जनकपुरमा कार्यरत एसपी हरिहरनाथ योगीले सम्हाली रहेका छन् ।
एसपी सिंह आउनासाथ योगी पुनः जनकपुर फर्किने छन् ।