logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

एभरेष्ट एकेडेमी मटिहानी मेयरकपमा उपबिजेता


  • उज्यालो अभियान

लालबन्दी, १२ बैशाख – जलेश्वर फुटबल क्लब महोत्तरीले ट्राइबे्रकरमा सर्लाहीको एभरेष्ट एकेडेमी फुटबल क्लबलाई ४–१ गोलले पराजित गर्दै प्रथम मटिहानी मेयरकप फुटबलको उपाधि उचालेको छ ।

मटिहानी रङ्गशालामा सम्पन्न खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि ट्राइबे्रकरबाट फाइनल खेलको नतिजा निकालिएको हो । जितसँगै जलेश्वरले ५० हजार रुपियाँ नगदसहित प्रतियोगिताको ट्रफी उचालेको छ ।

उपबिजेता एभरेष्ट सर्लाहीले २५ हजार रुपियाँमा चित्त बुझायो । प्रतियोगितामा जलेश्वर फुटबल क्लबका सन्जिव कार्की सर्वोत्कृष्ट खेलाडी, जलेश्वरकै जयराम चौधरी उत्कृष्ट गोलरक्षक, एभरेष्टका सुमन योन्जन उत्कृष्ट मिडफिल्डर र एभरेष्टकै समिर राई उत्कृष्ट फरवार्ड घोषित भएका छन् ।

मटिहानी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा महोत्तरी, सर्लाही र धनुषाका गरी ८ वटा क्लबले सहभागिता जनाएका थिए ।