logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चक्रघट्टाको शिवनगरमा आगलागी, ३ पसल जले


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

चक्रघट्टा, १० बैशाख – सर्लाहीको चक्रघट्टा गाउँपालिका १ शिवनगरमा सोमबार आगलागी हुँदा ३ वटा पसल जलेर नष्ट भएका छन् भने एक निर्माणाधीन भवनमा पनि क्षति पुगेको छ ।

स्थानीय विन्देश्वर साहको निर्माणाधीन घरबाट सल्केको आगोबाट साहकै औषधि पसलहरु पूर्णरुपमा जलेर खरानी भएको हो । साहको निर्माणाधीन पक्की घरको दोस्रो तल्लाको छत ढलान थियो ।

ढलान गर्नका लागि पूजा गर्नका लागि बालिएको अगरबती सल्केर सटररिङ्ग गरेको काठमा पुग्दा आगलागी भएको स्थानीयले बताएका छन् । पूजा गरेर ढलान गर्ने कामदारहरू खाना गएको बेला आगो लागेकाले कसैलाई थाहा नभएको स्थानीय विनोद साहले बताए।

आगलागी, स्थानीयबासी, प्रहरी र हरिवन नगरपालिकाबाट आएको बारुण यन्त्रले नियन्त्रणमा लिएका छन् ।