मलंगवा, १० बैशाख – सर्लाहीको मलंगवा नगरपालिका–११, गम्हरिया चोकमा आज दिउँसो गुडिरहेको म्याजिकमा आगलागी भएको छ ।
१२ जना यात्रु लिएर नवलपुरतर्फबाट मलंगवा गइरहेको प्रदेश–२–०३–००१ ज ०१३३ नम्वरको म्याजिकमा तार सर्ट भएर आगलागी भएको हो । आगलागीबाट म्याजिकमा पूर्ण क्षति पुगेको छ ।
म्याजिकमा सवार यात्रु सबै सकुशल रहेका प्रहरीले जनाएको छ ।