परवानिपुर, ९ बैशाख – मधेश प्रदेश सरकारकी मन्त्री बेची लुंगेलीले शनिबार शहीदलाई सम्झिएर शालिकमा माल्र्यापण गर्न पुगेकी छन् ।
३ दिनअघि मधेश प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका लुंगेलीले शनिबार लालबन्दी १५ परवानिपुरस्थित बोहोरे डाँडामा रहेको पुष्पलाल श्रेष्ठको शालिक र इश्वरपुर नगरपालिकास्थित सागरनाथ चोकमा रहेको विनोद घिमिरेको शालिकमा माल्र्यापण गरेकी छन् । उनी मन्त्रीमा नियुक्त भएको केही दिनमै शहीदलाई सम्झँदै बोहोरेडाँडा र सागरनाथ पुगेका हुन् ।
यि दुवै ठाउँमा मन्त्री लुंगेलीलाई पार्टीले सम्मान समेत गरेको छ । उनी शनिबार नै चिताईनस्थित मन्दिरमा दर्शन गर्न तथा त्यहाँ आयोजित सम्मान कार्यक्रममा सरिक भएकी छन् ।
लालबन्दी ७ स्थित लालबन्दी बजार घर भएकी मन्त्री लुंगेलीलाई उनकै निवासमा पनि पार्टीका कार्यकर्ता र अन्य समर्थक आएर सम्मान गर्नेक्रम जारी छ ।
लुंगेलीको मन्त्रालय तोकिएको छैन् । उनले वन तथा वातावरण वा यातायात मन्त्रालयमध्ये एक पाउने सम्भावना रहेको छ ।